१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

भरतपुर अान्दाेलनमा अान्दाेलनकारीले चाैकी जलाउन खाेजे, प्रहरीबाट गाेली चल्दा एक घाइते

-डिल कुमारि नेपाल

९साउन, चितवन । भरतपुर महानगरपालिकाले तीनपांग्रे सवारीसाधनलाई मुख्य राजमार्गमा गुड्न रोक लगाएसँगै भरतपुर तनावग्रस्त बन्दै गएकाे छ । प्रर्दशनमा उत्रिएका तीनपांग्रे व्यवसायीले मोटरसाइकल आगजनी गर्नु साथै म्याजिक तोडफोड गरेका थिए ।

प्रर्दशनकारीले जिल्ला प्रशासन कार्यालय नजिकै रहेको प्रहरी चाैकीमा आगजनी गर्न खोजे । उनीहरुले ना १६ प ९४०७ नम्बरको मोटरसाइकलमा आगजनी गरे ।

नजिकै रहेका अन्य सवारी साधनहरु तोडफोड गर्न थाले । प्रहरीले १० राउण्ड हवाई फायर गर्‍यो । प्रदर्शनकारीहरुले योजनावद्ध रुपमा अटोमा बोकेर ल्याएर ढुंगा र इट्टा प्रहरी माथि बर्साउन थालेपछि प्रहरीले मान्छे नै ताकेर गोली चलायो ।

प्रहरीको गोली लागी गैडाकोट नगरपालिका ५ वस्ने बर्ष ३८ का महेन्द्र सुनार घाइते भए । उनको घुँडा भन्दा तल गोली लागेको छ । मोटरसाइकल जलाउने उनै भएको प्रहरीको दावी छ । भरतपुरको एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टरमा शल्यक्रिया गरिएको अस्पतालका अर्थोपेडिक सर्जन एवम् सञ्चालक डा. प्रमोद लामिछानले जानकारी दिए ।

प्रदर्शनका क्रममा १२ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी प्रभु ढकालले जानकारी दिए । घाइते प्रहरीहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । डिएसपी ढकालले आन्दोलनकारीहरुले उग्रताले हद नाघेपछि प्रहरीले हवाई फायर गरेको बताए । राजमार्ग नै बन्द गरेर सडकमा अवरोध खडा गर्ने काम राम्रो नभएकोले बल प्रयोग गरी राजमार्ग खुलाइएको बताए ।

उच्च अदालतको आदेश भन्दै भरतपुर महानगरपालिकाले मंगलबारदेखि राजमार्गमा तीनपांग्रे सवारी संचालनमा रोक लगाएहाे । तिनपांग्रे व्यवसायी थप आन्दोलित भएका छन् ।

तीनपांग्रे सवारीसाधनको विभिन्न समिति, उपसमिति, टूडे युनियनहरुले बुधवार भरतपुरको केन्द्रिय बस टर्मीनल क्षेत्रमा प्रर्दशन गरेका थिए । भरतपुर महानगरपालिका भित्र साउन ५ गते देखि तिनपाङग्रे सवारी साधनलाई मुख्य राजमार्गमा संचालनमा रोक लगाउने निर्णय गरेको थियो । यसैकाे कारण झडप सिजना भएकाे हाे ।

प्रकाशित मिति : ९ श्रावण २०७५, बुधबार २१:००