२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

माधव नेपाल निकटका पत्रकारहरूले नयाँ संस्था घोषणा गर्दै

२१ कात्तिक, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस सङ्गठन नेपालले यही कात्तिक २७ गते काठमाडौँमा घोषणासभा गर्ने भएको छ ।

संस्थापक केन्द्रीय तदर्थ समिति र केन्द्रीय पदाधिकारीको नाम सार्वजनिक गरिने उक्त सभामा सङ्गठनलाई व्यवस्थित तथा थप व्यावसायिक बनाउन आवश्यक छलफल गरी रणनीति तय गरिने सङ्गठनका नेता विश्वमणि सुवेदीले बताए ।

सङ्गठनले हालै जिम्मेवारी प्रदान गरेका प्रदेश इन्चार्ज, सहइन्चार्ज, संयोजक र सचिवले सम्बन्धित प्रदेशस्थित सङ्गठनको केन्द्रीय संस्थापकसहित तोकिएका नेताले जिल्ला संयोजकको नाम टुङ्गो लगाइ केन्द्रीय कार्यालयलाई नाम पठाउनुपर्ने छ । सोही प्रकारको संरचनाबाट चाँडो प्रदेश कमिटीलाई पूर्णता दिइने छ ।

त्यसैगरी राष्ट्रिय भेला आगामी पुस ५ गते गरिने भएको छ । काठमाडौँ उपत्यका बाहिर गरिने सो भेला मकवानपुर तथा चितवनमा गर्न प्रस्तावित गरिएकाले स्थान भने निश्चित भइसकेको छैन । संगठनको अध्यक्षमा शम्भु श्रेष्ठ रहने बताइएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७८, आईतवार १८:३३