२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

सल्यान बस दुर्घटनामा मृत्यु हुनेकाे संख्या ९ पुग्यो, गम्भीर ६ जनालाई काठमाडौँ ल्याइँदै

२१ कात्तिक, दाङ । सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको रा१ख २५५२ नम्बरको बस दुर्घटनामा मृत्यु हुनेको संखया नौ पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भएका ६ जनाको हेलिकोप्टरबाट उद्धार गरि काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

शनिवार विहान सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको बस कपुरकोट गाउँपालिकामा दुर्घटना ग्रस्त भएको थियो । उक्त बसमा ३० जना यात्रु सवार थिए । बस सडकबाट करिब दुई सय मिटर तल खोलामा खसेको छ । घाइतेहरूका अनुसार बस निकै नै तिव्र गतिमा थियो ।

प्रकाशित मिति : २१ कार्तिक २०७८, आईतवार १४:२०