१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

 डा. केसी र सरकार बीचकाे वार्ता निश्कर्ष बिहीन

९ साउन, काठमाडौं । डा. केसी र सरकार बिचकाे वार्ता निश्कर्ष बिहीन भएकाे छ ।  नेकपाका नेताहरुले सहमति नजिक भने पनि सरकार र डा.  केसी बीचको वार्ता मुख्य कुरामा प्रवेश नै नभएको पाइएको छ ।

सरकार र डा. गाेविन्द केसीकाे वार्ता टोलीबीच चिकित्सा शिक्षा विधेयकबारे छलफल नै हुन सकेको छैन ।

अाज  नेम्वाङको पहलमा केदारभक्त माथेमालगायतले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेका थिए ।
तर, चिकित्सा शिक्षा विधेयकमा केके संशोधन गर्ने भन्ने कुनै ठोस सहमति भएको छैन ।

नेम्वाङले संसदमा विचाराधीन विधेयक फिर्ता नलिने तर, आवश्यकताअनुसार संशोधन गर्न सकिने बताएपछि डा. केसीको टोलीले लिखित नै बुझाएको छ । त्यसमा अध्यादेशमा भएका १० वर्षे प्रतिबन्ध लगायतका विषयहरु नै छन् ।

नेम्वाङले माथेमा लगायतलाई प्रधानमन्त्रीसँग भेट गराए । त्यहाँ पनि केके संशोधन गर्ने छलफल नभएको, प्रधानमन्त्रीले चिकित्सा शिक्षाबारे आफ्ना धारणा राखेपछि डा. केसीलाई सम्झाइदिनुस्, बाँकी संसदमा हरौंला भनेको स्रोतले बताएको छ ।

 सरकार र डा. केसीको वार्ता टोलीबीच छलफल भयो । तर, सरकारी टोलीले विधेयकबारे छलफल गर्न नचाहेपछि एक घन्टाका लागि स्थगित भएको छ ।

डा. केसीका तर्फबाट वार्तामा सहभागी एक सदस्यका अनुसार अहिलेसम्म विधेयकमा केके संशोधन गर्ने भन्ने कुनै सहमति भएको छैन ।

प्रकाशित मिति : ९ श्रावण २०७५, बुधबार १७:५४