२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

ललितपुरमा आगलागीमा परि चार जनाको घटनास्थलमै मृत्यु, पाँच जना घाइते

१९ कात्तिक, काठमाडौँ । ललितपुरमा आगलगीमा परि चार जनको घटनास्थलमै मृत्यु, पाँच जना घाइते भएका छन । शुक्रबार राति भएको आगलागीमा एकै परिवारका चार जनाको मृत्यु भएको ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्य जानकारी दिइन ।

पाटनको मंगलबजारमा आगलागी हुँदा एकै परिवारका पाँच जना घाइते पनि भएका छन । एसएसपी बज्राचार्यका अनुसार मृत्यु हुनेमा लक्ष्मीकृष्ण ताम्राकार, अञ्जना ताम्राकार, रञ्जना ताम्राकार र निर्जल ताम्राकार रहेका छन ।

घाइते मध्ये दुई जनाको पाटन अस्पतालमा उपचार भइरहेको छ । घरको तेस्रो तलामा दियोबाट आगो सल्किएको हुनसक्ने अनुमान गरिएको छ । आगलागीपछि ग्यास सिलिण्डर समेत बिस्फोट भएको थियो ।

 

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार २२:२९