जथाभावी खुलेका शिक्षण संस्थाकाे प्रमाणपत्रले पीडा दिन्छ : प्रधानमन्त्री अाेली
९ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अाेलीले शिक्षालाई जीवनउपयाेगी बनाउनेगरी नयाँ योजना बनाइरहेको बताएका छन् । बालुवाटारमा आज लुम्बिनी बौद्ध विश्वविद्यालयको दशौं सभालाई सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन् । कुन क्षेत्रमा कति जनशक्ति आवश्यक हुन्छ सो अनुसार शिक्षण संस्था खोल्नु पर्नेमा उनले बताए ।
प्रधानमन्त्री अाेलीले जथाभावी खोलिएका शिक्षण संस्थाका कारण योग्यताको प्रमाण पत्र व्यक्तिको लागि गौरव भन्दा पनि पीडाको विषय भएको बताएका छन् । उनि भन्छन्, “चाहिएको छ कृषि विज्ञ प्रमाण पत्र छ अरु नै विषयको यस्तो भएपछि मान्छे बेरोजगार हुन्छ” अनि प्रमाण पत्र पाउँदाको उत्साह केही दिनमै पीडामा बदलिन्छ ।”
सरकारले सबै क्षेत्रको अध्ययन गरेर कहाँ कति जनशक्ति आवश्यक छ सोही अनुसार शिक्षण संस्था खोल्नका लागि सिफारिस गर्ने बताउँदै अाेलीले नेपाललाई लामो समय गरिब बनाएर खाना लाउन बाहेक अन्यत्र ध्यान दिन नसक्ने अवस्थामा पुर्याएको समेत बताए । तर अब त्यो अवस्था बाँकी नरहने बताउँदै प्रधानमन्त्री ओलीले अब नेपालीहरु खान र लाउनबाट माथि उठेर अन्य आवश्यकताको गुणस्तरीय परिपूर्तिमा लाग्न सक्ने अवस्थामा पुगेका छन् ।
प्रकाशित मिति : ९ श्रावण २०७५, बुधबार १५:२६