२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

विदुरमा निर्माणाधिन केन्द्रीय कारागार नजिकै भीषण आगजनी (भिडियोसहित)

१८ कात्तिक, नुवाकोट । नुवाकोटको विदुरमा भीषण आगजनी भएको छ । विदुर नगरपालिका वडा नम्बर ६ मा रहेको निर्माणाधिन अवस्थामा रहेको केन्द्रीय कारागार नजिकै आगजनी भएको हो । स्थानीयले नगरपालिकाका कर्मचारीले नै डँढेलो लगाएको भन्दै फेसबुकमा भिडियोहरू राखिरहेका छन ।

नगरपालिकाकाले फोहोर थुपारेको स्थानमा कर्मचारीले नै त्यसको उचित व्यवस्थापनको साटो आगजनी गरेको स्थानीयले बताएका छन । फोहोर व्यवस्थापनको जिम्मा पाएको ठेकेदार कम्पनीले कर्मचारीसँगको सेटिङमा बस्ति नजिकै यति ठूलो आगजनी गरेपछि स्थानीयहरू त्रसित भएका छन ।

करिब तीन घण्टादेखि निरन्तर ठूलो आगोको मुस्लो र विदुरको आकाश नै ढाक्ने गरी त्यसको धुँवा फैलिएको छ । यसबारेमा प्रहरीले विस्तृतमा अनुसन्धान गरिरहेको जनाएको छ । नगरपालिकाले भने आगजनी नियन्त्रणमा लिन दमकल समेत नभएको बताएको छ ।

 

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहीबार २०:५२