२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

दोर्जे लामा ‘डेबिट’को संयोजत्वमा शिवपुरीमा युवासंघको कमिटी गठन

१८ कात्तिक, नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिकामा दोर्जे लामा ‘डेबिट’को संयोजत्वमा राष्ट्रिय युवा संघको कमिटी गठन भएको छ । नेकपा एमालेका नेता एवं बागमती प्रदेशका पूर्व भाैतिक पूर्वाधार मन्त्री केशवराज पाण्डे र बागमती प्रदेशका पूर्व कृषि राज्यमन्त्री बद्री मैनालीको उपस्थितिमा युवा संघको कमिटी गठन भएको हो ।
कमिटीको मनोज तामाङ र मिलन थापा चयन भएका छन । त्यस्तै सचिवमा निरोज लामा र सहसचिवमा हरि पाठक र श्रीधर अधिकारी चयन भएका छन । सोही अवसरमा देबेन्द्र लो तामाङको संयोजकत्वमा युथफोर्स समेत गठन गरिएको छ । भेलमा उपस्थिति विद्यार्थीहरूले अनेरास्ववियूको गाउँकमिटी समेत बनाएका छन । जसको संयोजकमा उमेश लामा रहेका छन ।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहीबार १२:३१