२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

न्यायाधीश काममा फर्कनुपर्ने भन्ने विज्ञप्तिले एमाले निकटको कानुन व्यवसायी संगठनमा विवाद

१७ कात्तिक, काठमाडाैँ । नेकपा एमालेनिकट प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठनमा विवाद भएको छ । कार्यवाहक अध्यक्ष रमा श्रेष्ठले न्यायाधीशहरु काममा फर्किनुपर्ने भन्दै प्रधानन्यायाधीशलाई राहत हुनेगरी विज्ञप्ति निकालेका बेला अध्यक्ष रुद्रप्रसाद नेपालले अर्को विज्ञप्ति जारी गरेर काउन्टर दिएका छन् ।

उनले संगठनका उपाध्यक्ष श्रेष्ठले आफू का.वा. अध्यक्ष उल्लेख गरी जारी गरेको विज्ञप्तिमा गम्भीर ध्यानार्कषण जनाएका छन् ।संगठनको अध्यक्षको जिम्मेवारीमा आफू रहेको र संस्थागत निर्णय विना जारी गरिएको उक्त विज्ञप्ति संस्थाको आधिकारिक नभएको उनले उल्लेख गरेका छन् ।

साथै उनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा हटाउने वर्तमान आन्दोलनमा बार एशोसिएसनले गरेको संस्थागत निर्णयको पक्षमा संगठन अडिग रहेको पनि स्पष्ट पारेका छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार १९:५५