१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

नेता धेरै भएको जिल्ला नुवाकोटमा किसानले सडकमा गोरु जोतेर रोपाईँ गरे (फोटोफिचर)

९ साउन काठमाडौ । नुवाकोटको शिवपुरी ५ का स्थानियले सडक नबन्दा महाकालीको शेराबगर नुवाकोटमा सडकमै हल गोरु नारेर रोपाईँ गरी बिरोध जनाएका छन् । सडक बनाउने भन्दै भएको सडकहरु पनि भत्काएर सरोकार वालाहरुले वास्ता नगरे पछि सडकको यो दुर्दशा भएको हो ।

नुवाकोटमा आधुनिक कृषि राम्रैसँग हुन थालेछ । सरकारले भनेझै कृषिको उत्पादन दोब्बर बनाउन खेतले मात्र नपुगेर साडकमै रोपाई हुदैछ ! भनि राम राजा श्रेष्ठले फेसबुकमा व्याङ्गे गरेका छन् । जिल्लाको विकास गर्छु भन्दै चुनाव जितेका नुवाकोटका माननीयहरु अहिले कुन दुलामा छिरेका छन् अत्तोपत्तो छैन कि सबै बालुवा गिट्टीमै अल्झिए ? भन्दै श्रेष्ठले स्थानिय जनप्रतिनिधीहरु लाई ध्यानाकर्षण गराउने कोशिस गरेका छन् ।

 

(तस्विर रामराजा श्रेष्ठकाे फेसबुकबाट )

 

प्रकाशित मिति : ९ श्रावण २०७५, बुधबार १२:३७