२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

कांग्रेस नेतृ रामकुमारी न्युराे अस्पताल भर्ना

१६ कात्तिक, खोटाङ । नेपाल महिला संघ खोटाङकी अध्यक्ष रामकुमारी राई अस्पताल भर्ना भएकी छन् । प्रेसरको समस्याले सिकिस्त भएपछि नेतृ राई उपेन्द्र देवकोटा मेमोरियल नेसनल इन्ष्टिच्युट अफ युरोलोजिकल एन्ड एलाइट साइन्स बाँसबारी, काठमाडाैंमा भर्ना भएकी हुन् ।

नेतृ राईको आइसियूमा राखेर उपचार भइरहेको छ । ‘चक्कर लाग्यो’ भन्दै ढलेकी नेतृ राईको स्वास्थ्य अवस्था स्थिर रहेको भाइ आशीष राईले बताए । १२ कात्तिकमा प्रेसरले ढलेपछि राईलाई रातारात गंगालाल, हेल्पिङ हुँदै न्युरो अस्पताल पुर्‍याइएको हो ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलवार ११:४०