मनकामना स्मार्ट लघुवित्तको १७ प्रतिशत बोनस सेयर घोषणा
१६ कात्तिक, काठमाडौँ । मनकामना स्मार्ट लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ । लघुवित्तको मंगलबार बिहान बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई १७ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।
उक्त प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंक र मनकामनाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीले पाउनेछन् ।
साविकको मनकामना लघुवित्त र स्मार्ट लघुवित्त मर्ज भएर ११ साउन २०७७ देखि एकीकृत कारोबार भएकाले घोषित बोनस सेयरमा कर नलाग्ने कम्पनीले जनाएको छ ।
प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलवार ११:२४