सरकारमा ओलीको उत्तराधिकारी वामदेव गौतम ! उपनिर्वाचन गरी डोल्पाबाट निर्वाचित गर्ने तयारी
९ साउन, काठमाडौँ । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई नेकपा बनाउन आफ्नौ घरमा दशौँ पटक बैठक बसालेर वातावरण तयार गर्ने वामदेव गौतम प्रतिनिधिसभाको निर्वाचनमा पराजित भए । गौतम चुनवामा पराजित भएपनि उनको भूमिका भनै अझै बढ्यो । सत्ता राजनीतिका चतुर खेलाडी मानिने बामदेव गौतमलाई नेकपाले प्रतिनिधिसभामा अभाव खड्एिको भन्दै उप निर्वाचन मार्फत ल्याउने तयारी गरेको छ ।
गौतमका लागि ठाउँ खाली गर्न पर्यटन राज्यमन्त्री धनबहादुर बुढालाई डोल्पाबाट राजीनामा गराएर वामदेवलाई उठाउने तयारी भएको आजको नयाँ पत्रिकाले समाचार लेखेकोे छ । नेकपाले डोल्पाबाट निर्वाचित सांसद् बुढालाई राजीनामा दिन लगाउने विषयमा छलफल समेत सुरु गरेको छ । बुढाले राजीनामा दिएपछि डोल्पामा उपनिर्वाचन गराएर बामदेव गौतमलाई जिताउने तयारी भएको छ ।
नयाँ पत्रिकाको अनुसार यस विषयमा दुवै अध्यक्षले प्रतिनिधिसभामा तपाईंको आवश्यकता पर्यो, ल्याउँछौं भनेर बताएको पनि उल्लेख गरेको छ । गृह प्रशासन सञ्चालमा अनुभवी मानिएका गौतमलाई प्रतिनिधिसभामा मात्रै ल्याउने होइन की सरकारमा ओलीको उत्तराधिकारी बनाउने बुझिएको छ । सरकारले सुशासनका निम्ति गर्न खोजेका काममा बामदेवको आवश्यकता खड्किएको नेकपा स्रोताले जनाएको छ ।
प्रकाशित मिति : ९ श्रावण २०७५, बुधबार ०९:००