२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

ओली पुगे मुग्लिन, दासढुंगामा मदन भण्डारीको शालिकमा माल्यार्पण गर्ने

१५ कात्तिक, चितवन । एमाले अध्यक्ष केपी ओली सडकमार्ग हुँदै चितवन गएका छन् । केही समयअघि मुग्लिन पुगेका ओलीलाई एमालेका कार्यकर्ताले स्वागत गरेका थिए । उनी दासढुंगा हुँदै भरतपुर जानेछन् । दासढुंगामा मदन भण्डारी र जीवराज आश्रितको शालिकमा माल्यार्पण गर्नेछन् ।

एमाले भरतपुर नगरको अधिवेशनलाई सम्बोधन गर्न ओली चितवन आएका हुन् । नगर कमिटीको अधिवेशनमा सहभागी हुन एमाले नेता सुरेन्द्र पाण्डे र रामबहादुर थापा बादल चितवन आइपुगेका छन् । दुवैले सौराहा पुगेर एमालेको दशौं महाधिवेशनको बन्द सत्र हुने स्थानको अवलोकन गरेका छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार १३:३७