१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

प्रदेश ७ ले माग्यो कानुनमन्त्री, सामाजिक सञ्जालमा नारादमुनी रानालाई मन्त्री बनाउन माग

८ साउन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेश ७ का नेता कार्यकर्ताले कानुनमन्त्री प्रदेश ७ बाट नियुक्ति गर्नुपर्ने माग गरेका छन । उनीहरुले सामाजिक सञ्जाल फेसबुकमा यस विषयलाई जोडतोडका साथ उठाएका छन ।

उनीहरुले देशको भौगोलिक सन्तुलन र जनताको भावनालाइ समेट्न भन्दै कैलालीबाट निर्वाचित नारदमुनी रानालाई मन्त्री बनाउन माग गरेका छन । कतिपयले व्यक्तिको विषयमा नबोले पनि प्रदेश ७ बाट पनि केन्द्र सरकारमा मन्त्री हुनेपर्ने भन्दै माग गरेका छन ।

कैलाली क्षेत्र नम्बर ५ मा करोड रकम खर्च गरेर चुनाव लडेकी तत्कालीन प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणालाई हराएर चर्चामा आएका राना जनताको बीचमा निकै लोकप्रिय मानिन्छन ।

प्रकाशित मिति : ८ श्रावण २०७५, मंगलवार २०:५२