कानुन मन्त्रीका लागि भानुभक्त, कृष्णभक्त र धादिङका भूमि त्रिपाठीको चर्चा
८ साउन, काठमाडौँ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले राजिनामा दिएपछि रिक्त भएको मन्त्री पदका लागि दौडधुप सुरु भएको छ । तत्कालीन एमालेको गुटगत सन्तुलनको हिसाबमा चितवनका कृष्णभक्त पोखरेल अबको कानुन मन्त्रीको दौडमा अग्रस्थानमा रहेका छन ।
तामाङ माधव नेपाल गुटबाट मन्त्री भएका थिए । तर मोरङका भानुभक्त ढकालको सम्भावना पनि उत्तिकै देखिएको छ । केपी ओलीका विश्वासपात्र भएका कारण भानुको सम्भावना पनि छ । उनले पार्टीको प्रमुख सचेतक बन्न अस्वीकार गरेपछि उनी मन्त्रीका लागि बढी लालयित छन भन्ने देखिएको थियो ।
यद्यपी उनी सुवास नेम्बवाङ र अग्नी खरेलको रुचीमा पर्न सकेनन भने कानुनमन्त्री बन्ने सम्भावना कमजोर देखिन्छ । यता धादिङमा केपी ओली गुटकोको बिरासत थेगेका भूमि त्रिपाठी पनि मन्त्री हुने सम्भावना छ । उनी पनि ओलीका विश्वासपात्र हुन । कानुनमन्त्रीको चर्चामा रहेका तीनै जना कानुनी पृष्ठभूमिका नेता रहेका छन ।
प्रकाशित मिति : ८ श्रावण २०७५, मंगलवार २०:३४