१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

विश्वमा आजः युरोपेली देशमा एकल मुद्रा कायम गर्ने म्यासट्रिच्ट सन्धिदेखि रसियाका अन्तिम शासक

१५ कात्तिक, काठमाडाैँ । आज १ नोभेम्वर । विश्वमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ आज भएका केही महत्पूर्ण घटनाः

म्यासट्रिच्ट सन्धी

सन् १९९मा म्यासट्रिच्ट सन्धि कार्यान्वयनमा आएको थियो । सन्धीले युरोपेली देशमा युरोलाई साझा मुद्रा अंगीकार गरेको थियो । अहिले पनि युरोपेली देशमा युरो साझा मुद्रा हो ।

अमेरिकी विमानमा बिस्फोट

सन् १९५५ मा अमेरिकी एयरलाइन्सको एउटा विमानमा शक्तिशाली बम बिस्फोट भएको थियो । लगेजभित्र लुकाएर राखिएको सो टाइम बम बिस्फोट हुँदा चालक दलका सदस्यसहित यात्रामा सबार सबै जनाको मृत्यु भएको थियो ।

अमेरिकाद्वार हाइड्रोजन बम परीक्षण

सन् १९५२ मा अमेरिकाले पहिलो पटक हाइड्रोजन बम परीक्षण गरेको थियो । अपरेसन इभिको एक महत्वपूर्ण अंशअन्तर्गत मार्शल टापुमा बम परीक्षण गरिएको थियो ।

पहिलो पटक विमानबाट बम खसालियो

सन् १९११ अगाडि बेलुन प्रयोग गरेर आकाशबाट बम झारिन्थ्यो । तर, १ नोभेम्बर १९११ देखि इटालीले विमानबाटै पहिलो पटक बम खसालेको थियो । इटाली र टर्कीको युद्धमा सो बम खसालिएको थियो ।

रसियाका अन्तिम सम्राट

सन् १८९४ मा निकोलस द्दितीय रसियाका अन्तिम सम्राट बनेका थिए । आफ्ना बाबु अलेक्जेन्डर तृतीयको मृत्युपछि निकोलस सम्राट बनेका थिए । सन् १९१७ मा निकोलसले राजगद्दी त्याग्न बाध्य भएका थिए । त्यसको एक बर्षपछि परिवारसहित उनको हत्या भएको थियो ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार ०८:०७