२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

स्ववियु निर्वाचनको कार्यतालिका तत्काल सार्वजनिक गर्न अनेरास्ववियुको माग

१४ कात्तिक, काठमाडाैँ । नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियुले स्ववियु निर्वाचनको कार्यतालिका तत्काल सार्वजनिक गर्न माग गरेको छ ।

अनेरास्ववियुले आज त्रिभुवन विश्वविद्यालयलाई ज्ञापनपत्र बुझाउँदै फागुन १४ गतेभित्र निर्वाचन सम्पन्न गर्ने गरी कार्यतालिका सार्वजनिक गर्न माग गरेको हो । ‘लामो समयदेखि विभिन्न बहानामा रोकिएको स्ववियु निर्वाचन १४ फागुन २०७८ मा सम्पन्न गर्ने गरी कार्यतालिका तत्काल सार्वजनिक गर्न जोडदार माग गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै, अनेरास्ववियुले चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्कभन्दा बढी हुने गरी चिकित्साशास्त्र अध्ययन संस्थान महराजगन्जले गरेको शुल्क वृद्धिसम्बन्धी निर्णय तत्काल फिर्ता लिन र चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको भन्दा बढी लिएको शुल्क तत्काल फिर्ता गर्न माग गरेको छ । त्रिभुवन विश्वविद्यालयले अध्यापन गराउने सबै प्राविधिक शिक्षा सातवटै प्रदेशमा तत्कालै अनिवार्य सञ्चालन गर्नलगायत माग अनेरास्ववियुको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आईतवार १६:१७