३ मंसिर २०८१, सोमबार | Mon Nov 18 2024

तीन महिनामा आँखुखोला जलविद्युत कम्पनीको नाफा तीन करोड ३० लाख

१४ कात्तिक, काठमाडौँ । आँखुखोला जलविद्युत कम्पनीले चालू आवको पहिलो त्रैमासिक अर्थात् (तीन महिना)को वित्तीय विवरण आइतबार सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीले चालू आवको पहिलो त्रैमाससम्ममा तीन करोड ३० लाख २० हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा दुई दशमलव चार प्रतिशतले घटी हो ।

कम्पनीले गत आर्थिक वर्षको पहिलो त्रैमासमा तीन करोड ३८ लाख रुपैयाँ नाफा कमाएको थियो । गत आवको पहिलो त्रैमासमा सात करोड ८९ लाख ८४ हजार रुपैयाँ आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर आठ करोड २० लाख ७५ हजार रुपैयाँ पुगेको हो ।

हाल यसको चुक्ता पुँजी ८० करोड रुपैयाँ छ भने जगेडा कोष २२ करोड ९२ लाख रुपैयाँ ऋणात्मक छ । कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ५१ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ ७१ रुपैयाँ ३४ पैसा छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आईतवार १४:३२