२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

महुली लघुवित्तले सेयरधनीलाई लाभांश वितरण गर्ने, बोनस सेयर कति ?

१४ कात्तिक, काठमाडौँ । महुली लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । लघुवित्तको शनिबार बसेको सञ्चालक समितिको बैठकले २६ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा लघुवित्त आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् । घुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजी २२ करोड ३९ लाख ४४ हजार रुपैयाँको २६ प्रतिशत अर्थात् ५ करोड ८२ लाख २५ हजार ४४० रुपैयाँ बराबर बोनस सेयर प्रस्ताव गरेको हो।

हाल चुक्ता पूँजी २२ करोड ३९ लाख रुपैयाँ रहेको लघुवित्तको प्रस्तावित बोनस वितरणपछि लघुवित्तको चुक्ता पूँजी २८ करोड २१ लाख ६९ हजार रूपैयाँ पुग्नेछ।

प्रकाशित मिति : October 31, 2021 at 11:22 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/