२ मंसिर २०८१, आईतवार | Sun Nov 17 2024

दोहोरी च्याम्पियनको उपाधि प्रकाश पराजुली र मिना बुढाथोकीलाई

१३ कात्तिक, पोखरा । नेपालको पहिलो दोहोरी च्याम्पियनको उपाधि प्रकाश पराजुली र मिना बुढाथोकीले जितेका छन् । शनिबार साँझ पोखरामा भएको ग्रान्ड फिनालेमा पराजुली र बुढाथोकी समूहले जितेको हो ।

पोखरास्थित बाराहीघाटमा हजारौं दर्शकबीच भएको कार्यक्रममा विजेता समूहले नगद २० लाख रुपैयाँ साथमा १ करोड रुपैयाँ बराबरको जीवन बिमा पुरस्कार पाएको छ ।

शोभा कार्की र बालचन्द्र बरालको समूह दोस्रो भएको छ । उपविजेता समूहले नगद १० लाख रुपैयाँ तथा ५० लाख रुपैयाँ बराबरको जीवन बिमा पुरस्कार पाएको छ । विजेता, उपविजेतालाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पुरस्कार प्रदान गरेका थिए ।

कि एड्भटाइजिङ प्रालिको प्रायोजनमा नेपाल टेलिभिजनले नेपालको पहिलो दोहोरी च्याम्पियन रियालिटी शो सञ्चालन गरेको हो । कार्यक्रममा नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान वल तामाङले ‘दोहोरी च्याम्पियन– २’ सञ्चालन गर्ने घोषणा गरे ।

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार २०:४७