१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

 धादिङको धार्केमा सेफ्टी ट्याङकी खन्ने क्रममा पुरिएर रामजी कोइरीको मृत्यु

८ साउन,धार्के । धादिङको धार्केमा सेफ्टी ट्याङकी खन्ने क्रममा पुरिएर रामजी कोइरीको मृत्यु भएकाे छ । धुनिबेशी नगरपालिका वडा नं ६ मा सेफ्टी टेंकी खन्ने क्रममा खसेको पहिरोले पुरिएर कोइरीको मृत्यु भएको हाे ।

स्थानिय राजन श्रेष्ठको घरको सेफ्टी ट्याङकी खन्ने क्रममा खसेको पहिरोले पुरिँदा पर्सा जिल्लाको जगन्नाथपुर गाउँपालिका वडा नं २ बस्ने ३२ बर्ष का  कोइरीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ ।

सो स्थानमा तीन जनाले काम गरिरहेकोमा पहिरो खस्न थालेपछि २ जनाले भागेर ज्यान बचाएको प्रहरीले जनाएको छ । पहिरोले पुरिएका कोईरीको जेसिबीको सहायतामा स्थानिय र प्रहरी मिलेर शव निकालेका थिए ।

प्रकाशित मिति : ८ श्रावण २०७५, मंगलवार १८:४०