२८ मंसिर २०८२, आईतवार | Mon Dec 15 2025

एभरेष्ट बैंकले घोषणा गर्याे लाभांश, बोनस र नगद कति ?

१२ कात्तिक, काठमाडौँ । एभरेष्ट बैंकले चालु आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट सेयरधनीलाई १० दशमलव ४२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको आज (१२ कात्तिक) बसेको संचालक समितिको बैठकले ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित चार दशमलव ४० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्रै सेयरधनीले पाउने छन् । हाल चुक्ता पुँजी आठ अर्ब ८९ करोड ३७ लाख १७ हजार रुपैयाँ रहेको बैंकको लाभांश वितरणपश्चात् चुक्ता पुँजी नौ अर्ब ४२ करोड ७३ लाख रुपैयाँ पुग्नेछ ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार १३:१९