कपिलवस्तुको चन्द्रौटामा मेगा बैंकको नयाँ शाखा
१२ कात्तिक, काठमाडौँ। मेगा बैंक नेपाल लिमिटेडले कपिलवस्तु जिल्लाको चन्दौटामा नयाँ शाखा विस्तार गरेको छ । मेगा बैंकले कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नम्बर ५ स्थित चन्द्रौटामा नयाँ शाखा विस्तार गरी शुक्रबारबाट कारोबारको थालनी गरेको छ ।

यो मेगा बैंकको २०१औं शाखा हो । मेगा बैंकले यस आर्थिक बर्षमा १३ वटा नयाँ शाखा विस्तार गरिसकेको छ ।
प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार ११:१८












