२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

रिडी हाइड्रोपावरको साधारणसभा आज, मर्जर प्रक्रियामा जाने मुख्य एजेण्डा


१२ कात्तिक, काठमाडौँ । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको वार्षिक साधारणसभा आज शुक्रबार बस्दैछ । लाभांश पारित तथा मर्जर प्रक्रियामा जाने मुख्य एजेण्डासहित सभा बिहान ११ बजे कम्पनीको केन्द्रीय कार्यालय थापाथली काठमाडौंमा भर्चुअल माध्यमबाट सुरु हुनेछ ।

कम्पनीले सभा प्रयोजनका लागि २ कात्तिकमा एकदिन बुक क्लोज गरिसकेको छ । सभामा कम्पनीले रैराङ हाइड्रोपावरलाई मर्जर वा एक्विजिसन गर्नेबारे निर्णय हुने मुख्य एजेण्डा छ ।

कम्पनीले १२ दशमलव ६ प्रतिशत नगद लाभांश (करसहित) दिने प्रस्ताव पारित हुनेछ । आर्थिक वर्ष २०७७/०७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७८/०७९ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार १०:२५

https://srdb.com.np/