३ मंसिर २०८१, सोमबार | Mon Nov 18 2024

साधना लघुवित्तको नाफा ३ करोड २९ लाख, प्रतिसेयर आम्दानी कति ?

१० कात्तिक, काठमाडौँ । साधना लघुवित्तको नाफा बढेकाे छ । कम्पनिले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कुसत वित्तिय विवरण अनुसार लघुवित्तको नाफा ३ करोड २९ लाख ८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ८८.३९ प्रतिशतले बढि हो । गत वर्षको यही अवधिमा संस्थाले १ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

खुद नाफासँगै कम्पनिको सञ्चालन मुनाफा ४ करोड ५३ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधीमा लघुवित्तले ७१ लाख ५८ हजार रुपैयाँमात्र आर्जन गरेको थियो । याे रकम ५८९.२७ प्रतिशत बढी हो ।

त्यस्तै, संस्थाको चुक्ता पुँजी २५ करोड ६९ लाख रुपैयाँ र जगेडा कोषमा १६ करोड २१ लाख रुपैयाँ रहेको छ । सार्वजनिक विवरण अनुसार खुद नाफा, सञ्चालन मुनाफासँगै खुद व्याज आम्दानी पनि बढेको छ । खुद व्याज आम्दानी १३०.७२ प्रतिशतले बढेर ७ करोड २१ लाख रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी ५१ रुपैयाँ २२ पैसा र प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ १ पैसा रहेकाे छ ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार १३:३०