१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

एनआईसी एशिया लघुवित्तको नाफा १६ करोड २६ लाख, प्रतिसेयर आम्दानी कति ?

१० कात्तिक, काठमाडौँ । एनआईसी एशिया लघुवित्त वित्तिय संस्था लिमिटेडले नाफामा छलाङ मारेको छ । लघुवित्तले सार्वजनिक गरेको चालु आर्थिक बर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तिय विवरण अनुसार नाफा १६ करोड २६ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

यो नाफा गत वर्षको सोही अवधिको तुलनामा १५०.५१ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधीमा कम्पनिले ६ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चुक्ता पुजी १ अर्ब ७३ करोड ८४ लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा ९९ करोड ८५ लाख रुपैयाँ रहेको छ । लघुवित्तले सार्वजविक  गरेकाे विवरण अनुसार कम्पनिको खुद व्याज आम्दानी १०३.१० प्रतिशतले बढेर ३५ करोड ११ लाख रुपैयाँ पुगेको छ भने १५०.५१ प्रतिशतले बढेर ४८ करोड ३५ लाख रुपैयाँ पुगेको छ ।

गत वर्षको सोही अवधीमा कम्पनिले १९ करोड ३३ लाख रुपैयाँ रहेको थियो । लघुवित्तको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) ३७ रुपैयाँ ४१ पैसा र प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ४१ पैसा रहेको छ ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार ११:२३