२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

कामना सेवा विकास बैंकको मूल्य समायोजन, समायोजन पछिको मूल्य कति ?

१० कात्तिक, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कामना सेवा विकास बैंक लिमिटेडको सेयर मूल्य समायोजन गरेको छ। साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

नेप्सेले यस दिन बैंकको १८ दशमलव ५० प्रतिशत बोनस सेयर समायोजन गरेको हो । समायोजनपश्चात बैंकको सेयर मूल्य ६०७ रुपैयाँ कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा बैंकको सेयरमूल्य समायोजन गरेको हो ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार बैंकको सेयर प्रतिकित्ता ७१९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। समायोजित मूल्यको आधारमा नै यस दिन बैंकको सेयर कारोबार खुल्नेछ। बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई दिने लाभांश प्रस्ताव पारित गर्न २३ कात्तिकको बिहान १० बजे पार्क भिलेज रिसोर्ट बुढानीलकण्ठमा १५औँ वार्षिक साधारणसभा आह्वान गरेको छ ।

त्यस्तै, सभाले हाल कायम चुक्ता पुँजीको १८ दशमलव ५० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव ९७ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव छ । अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने संस्थापक समूहबाट तीन जना र सर्वसाधारण समूहबाट तीन जना गरी छ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरू पनि सो सभाले पारित गर्नेछ ।

प्रकाशित मिति : October 27, 2021 at 10:52 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/