१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

१५ लाख फिराैती लिएर ९ वर्षीय बालक अंकितकाे हत्या

८ साउन, बारा । करीब डेढ महीनाअघि बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका–७ निवासी ललनप्रसाद साहका नौवर्षीय छोरा अंकितकुमारको अपहरणपछि हत्या भएको बारा प्रहरीले पुष्टि गरेको छ ।

जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ जितपुर बजारका गल्ला व्यवसायी ललनप्रसाद गुप्ताको छोरा अंकितको जेठ २२ गते साँझ साथीको घरमा खेल्न गएको बेला अपहरण भएको थियो। अपहरणको चार दिनपछि भारु डेढ करोडको फिरौतीको माग भएको थियो।

फोनमा निरन्तरको धम्की आउन थालेपछि १५ लाख नेपाली रुपैयाँमा अंकितलाई अपहरणमुक्त गर्ने आश्वासन अपहरणकारीले दिएका थिए। सोही असार असार ३२ गते अंकितका आमा संगीता देवी र निजका दुई जना आफन्तसमेतले भारत, बिहार मोतिहारीमा गएर १५ लाख रुपैयाँ दिएर नेपाल फर्किएका थिए। तर अंकित घर फर्केनन्।

शव सडेगलेको र पूर्णरुपमा निकाल्न नसकिने अवस्थामा रहेकाले डिएनए परीक्षणका लागि शव गाडिएको स्थानबाट हाड र दाँत मात्र निकालिएको बारा प्रहरीले जनाएको छ ।

वीरगञ्ज रानीघाट बस्ने रामप्रवेश साह पक्रउ परेपछि उनकै बयानका आधारमा शव गण्डक नदीबाट फेला पारिएको थियो । पक्राउ परेका अजय र रामप्रवेशमाथि बारा प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दा चलाउने तयारी गरिरहेको प्रहरी स्रोतले जनाएको छ ।
अपहरणकारीले बालकका परिवारजनसँग भारतको बेतिया शहरमा भारु १५ लाख फिरौतीवापत बुझेको थियो । अपहृत बालकको आकार र बनोटका आधारमा शव पहिचान गरिए पनि डिएन परीक्षण प्रतिवेदनपछि मात्र पूर्ण रुपमा शव यकिन गर्न सकिने प्रहरीको भनाइ छ ।

घटनाबारे परिवारले जेठ २३ गते नै इलाका प्रहरी कार्यालय जितपुर, सिमरामा उजुरी दिएका थिए। प्रहरीले प्रभावकारी ढंगले अनुसन्धान नगरेको आरोप परिवारले लगाउँदै आएका छन्।

प्रकाशित मिति : ८ श्रावण २०७५, मंगलवार १४:००