१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

नवलपरासीकाे छोटी भन्सार र त्रिवेणी दुम्किबास सडक प्राथमिकतामाः मन्त्री गुरुङ

८ साउन,नवलपरासी । प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पूर्वी नवलपरासीको त्रिवेणी छोटी भन्सार कार्यालयको स्तर वृद्धि र त्रिवेणी दुम्किबास सडकखण्ड सुचारु गर्ने कार्य प्रदेश सरकारको प्राथमिकताका आयोजना भएको बताउनुभएको छ ।

पूर्वी नवलपरासीको विनयी त्रिवेणी त्रिवेणी गाउँपालिका–६ र ७ त्रिवेणी आइपुग्नुभएका मन्त्री गुरुङले आज बिहान स्थानीयवासीलाई भेटघाट क्रममा यस्तो बताउनुभएको हो ।

सो क्रममा मुख्यमन्त्री गुरुङले त्रिवेणी छोटी भन्सार कार्यालयको स्तर वृद्धिका लागि प्रदेश सरकारले संघीय सरकारसँग समन्वय गरी आवश्यक काम अघि बढाइसकेको जानकारी दिनुभयो ।

यसै क्रममा मुख्यमन्त्री गुरुङले त्रिवेणीको छोटी भन्सारसहित त्रिवेणीका समुदायका वैकल्पिक बाटोमा रुपमा रहेको त्रिवेणी दुम्किबास सडकखण्ड सुचारु गर्ने कार्य प्रदेश सरकारको प्राथमिकतामा रहेको जानकारी दिनुभयो ।

त्रिवेणी धाम विकास सम्भावनासहित यसको चौतर्फी विकासबारे मुख्यमन्त्री गुरुङले स्थानीयवासीसँग जानकारी लिनुभएको थियो । सो क्रममा स्थानीयबवासीले यस क्षेत्रको समस्या विषयमा मुख्यमन्त्री गुरुङलाई जानकारी गराएको त्रिवेणी गाउँपलिका डम्बरबहादुर जिशीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ८ श्रावण २०७५, मंगलवार ०८:४२