३ जेष्ठ २०८१, बिहीबार | Fri May 17 2024

गुराँस लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


७ कात्तिक, काठमाडौँ ।  गुराँस लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । गुराँसले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ सोमबार ८ कात्तिकबाट २२ कात्तिकसम्म बुक क्लोज गर्दैछ ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई नगद लाभांश वितरण गर्न २२ कात्तिकमा छैठौं वार्षिक साधारणसभा आह्वान गरेको छ । सभा सोमबार बिहान ११ बजे न्यू अञ्जुली होटल, धनकुटामा सुरु हुनेछ ।

लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित १६ दशमलव ९०६४ प्रतिशतले हुन आउने एक करोड ४१ लाख रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ८८९ प्रतिशतले हुन आउने सात लाख ४२ हजार रुपैयाँ नगद लाभांश साधारण सभाबाट पारित गर्नेछ।

सभामा अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग गाभ्ने/गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, लघुवित्तको संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने चार जना सञ्चालकको निर्वाचन गर्ने, प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने, आर्थिक वर्ष २०७७/०७८ को वासलात, नाफा-नोक्सान र नगद प्रवाहमाथि छलफल गर्ने तथा आर्थिक वर्ष ०७८–७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डा राखिएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आईतवार ११:४९