२८ चैत्र २०८२, शनिबार | Sun Apr 12 2026

तीन जनाको हत्या अभियोग लागेपछि फरार रहेका अभियुक्त अभिराम शर्मा राज्यमन्त्री

८ साउन, काठमाडाैँ । राष्ट्रिय जनता पार्टी (राजपा) ले तीन हत्या अभियोगमा फरार अभियुक्त अभिराम शर्मालाई प्रदेश २ को राज्यमन्त्री बनाउन मुख्यमन्त्री लालबाबु राउतसमक्ष सिफारिस गरेको छ ।

कान्तिपुर दैनिकका अनुसार राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले उनलाई सामाजिक विकास राज्यमन्त्री नियुक्त गर्न सोमबार सिफारिस गरेका हुन् ।

मधेस आन्दोलनका बेला जलेश्वरमा घाइते भएका प्रहरी हवल्दार थमन विकलाई उपचार गराउन प्रहरीले लैजाँदै गर्दा बाटामै रोकी एम्बुलेन्सबाट थुतेर हत्या गर्ने काममा शर्माको संलग्नता पुष्टि भएको भन्दै अदालतले उनलाई पक्राउ गर्न आदेश गरेको थियो । तर प्रहरीले उनलाई फरार रहेको भन्दै हालसम्म पक्राउ गरेको छैन । उनी महोत्तरी ३ (क) क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

प्रकाशित मिति : 07:54