१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

दोलखाकाे गौरीशंकर इंग्लिस बोर्डिङ स्कुलका शिक्षकको यातनाले ६ वर्षीय बालकको मृत्यु

८ साउन, काठमाडाैँ । झन्डै डेढ महिनाअघि शिक्षकको कुटपिटबाट गम्भीर घाइते भएका चरिकोटस्थित गौरीशंकर इंग्लिस बोर्डिङ स्कुलमा अध्ययनरत ६ वर्षीय सुदीप बस्नेतको मृत्यु भएको छ ।

राजधानी दैनिकका अनुसार, यूकेजीमा अध्ययनरत सुदीपको आइतबार उपचारका क्रममा काठमाडौं महाराजगञ्जस्थित शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

दोलखाको झ्याँकु निवासी सो स्कुलका शिक्षक दावा के शेर्पाले गत २९ जेठमा सुदीलाई कक्षा कोठामै गम्भीर घाइते हुने गरी कुटपिट गरेका थिए । कुटपिटका कारण उनको खुट्टा, हात र ढाडमा गम्भीर चोट लागेको थियो । उनको उपचारकै क्रममा आइतबार मृत्यु भएको हो ।

प्रकाशित मिति : ८ श्रावण २०७५, मंगलवार ०७:३९