सिभिल लघुवित्तकाे साधारणसभा कात्तिक २८ मा, यी हुन मुख्य एजेण्डा
५ कात्तिक, काठमाडौँ । सिभिल लघुवित्त वित्तीय संस्थाले २८ कात्तिकमा वार्षिक साधारणसभा बोलाएको छ । लाभांश प्रस्ताव पास गर्ने मुख्य एजेण्डासहित सभा बोगनभिल्ला इभेन्ट्स, त्रिपुरेश्वर काठमाडौँमा बिहान ११ बजे सुरु हुनेछ ।
लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ लघुवित्तले १४ कात्तिकमा बुक क्लोज गर्नेछ । यसअनुसार १३ कात्तिकसम्म कायम सेयरधनीले मात्रै लाभांश पाउनेछन् ।
सभामा १९ प्रतिशत बोनस सेयर र कर तिर्न एक प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेस हुनेछ । कम्पनीको आर्थिक वर्ष ०७७/७८ को नाफा-नोक्सानसम्बन्धी छलफल, आर्थिक वर्ष ०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेलगायतको एजेन्डा छ । कम्पनीले सभामा चार करोड ६० लाख तीन हजार ६२ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ ।
प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार ११:५५