१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

अब सिके राउतले सांसद र मन्त्रीहरुलाई पनि जनकारबाही गर्ने

५ कात्तिक, काठमाडौँ । डा सिके राउतको जनमत पार्टीले अब मेयर, सांसद र मन्त्रीहरू माथि जनकारबाही गर्ने बताएको छ ।बिहीबार जनकपुरमा खानेपानी तथा ढलनिकास कार्यालय जनकपुरका निमित प्रमुख राजेश कुशवाहालाई अर्धनग्न गरी हिलो छ्यापेर सहर घुमाएको पार्टीले अब अरूमाथि पनि कारबाही गर्ने बताएको हो ।

कर्मचारीमाथि भएको दूर्व्यवहारको बिरोधमा आन्दोलन चलिरहेको समयमा राउतले सामाजिक सञ्जाल मार्फत अब मेयर, सांसद र मन्त्रीलाई पनि जनकारबाही गर्ने धम्की दिएका हुन्। उनले भनेका छन, ‘जनतामा धेरै डिमान्ड छ, मेयरको । मेयर मात्रै हैन, सुध्रेन भने सांसद र मन्त्रीमाथि पनि जनकारबाही हुनेछ।’

 

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार ११:२३