१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

सिंग़ै देशलाई अस्थिरताको खाडलमा हाल्ने प्रचण्डसँग फर्किन्नः प्रभु साह

४ कात्तिक, काठमाडौँ । नेकपा माओवादी केन्द्रका पूर्व नेता प्रभु साहले संगै देशलाई अस्थिरतामा लाने प्रचण्डको पार्टीमा कुनै पनि हालतमा नफर्किने बताएका छन । केही सञ्चार माध्यमले साह माओवादीमा फर्किने तयारी भनेर समाचार प्रकाशित गरेको आपत्ति जनाउँदै उनले सामाजिक सञ्जालबाट प्रचण्डसँग फर्किने सम्भावना नभएको बताएका छन।
साहले सामाजिक सञ्जाल फेसबुकमा यस्तो लेखेका छन
रातोपाटी लगायतका अनलाइनहरुमा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको छ । महान जनयुद्ध र हजारौं शहिदको अपमान गरेर कुर्सीको चक्करमा खिचड़ी संसदीय ब्यवस्था खड़ा गरि देशलाई अन्यौलग्रस्त एवं अस्थिर बनाउने प्रचण्डकै कारण आज हजारौ योग्य नेपालीहरु विदेश पलायन हुन बाध्य छ ।
आफ़नो ब्यक्तिगत स्वार्थका कारण माओवादी आन्दोलनलाई टुक्रा टुक्रा गरि सिंग़ै देशलाई नै अस्थिरताको खाडलमा धकेलने प्रचण्डको नेतृत्वमा कोही पनि सच्चा माओवादी/क्रान्तिकारीहरु एकताबद्ध हुन सक्दैन । वर्तमान राजनीतिक संकटको अग्रग़ामी निकासको लागि क्रान्तिकारीहरुको ध्रुविकरण अपरिहार्य आवश्यता हो ।
यसको लागि आफू निरन्तर क्रियाशील रहेको कुरा सर्वबिदित नै छ । तर जनतालाई धोखा दिने अनैतिक. असफल एवं अबिश्वसनिय व्यक्तिको नेतृत्वमा कदापि होईंन । रातोपाटी जस्तो प्रतिष्ठित अनलाइनले यस्ता भ्रामक समाचार सम्प्रेषण गर्दा सिंगै मिडिया जगतको विश्वनियतामाथि प्रश्न चिन्ह खडा भएको छ । यस्ता भ्रामक र प्रायोजित समाचारको भ्रममा नपर्न सबैमा आग्रह गर्दछु ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार २१:०१