१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

देउवाको दुर्गतीः बाढीग्रस्त क्षेत्रको निरीक्षणमा जाँदा उल्टै पीडितसँग झोक्किएर हिँडे

४ कात्तिक, कञ्चनपुर । प्रधानमन्त्री शेरबहादुर देउवा बाढी पीडितसँग उल्टै झोक्किएर हिडेँका छन । प्रधानमन्त्री शेरबहादुर देउवा दोधाराचाँदनीका बाढीपीडितहरुसँग झोक्किएका हुन् ।

नेपाली कांग्रेसका सभापति समेत रहेका देउवा सुदूरपश्चिम प्रदेशका स्थायी बासिन्दा हुन ।  बाढीपहिरोग्रस्त क्षेत्रको निरीक्षणका लागि कञ्चनपुर आइपुगेका देउवा जम्मा १० मिनेट बसेर त्यसमा पनि पीडितसँग नै झोक्किएर हिडेँका हुन ।

देउवा बिहीवार साँझ दोधाराको अम्बिका माध्यमिक विद्यालयमा भेला भएका पीडितसँग झोक्किएका हुन । ‘ए भाई सुन्नुस, तपाई बढ्ता बोल्दै हुनुहुन्छ,’ उनले मञ्चबाटै भने । देउवाले काठमाडाैँ फर्किएपछि रहातको बारेमा निर्णय लिने बताएका छन ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार १९:३७