१ पुष २०८२, मंगलवार | Wed Dec 17 2025

नबिल बैंकको संसोधित ब्याजदर सार्वजनिक

४ कात्तिक, काठमाडाैँ । नबिल बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकको निर्देशन पछि व्याजदर संसोधन गरी सार्वजनिक गरेको छ । कात्तिक ३ गतेबाट लागु हुने गरी बैंकले विभिन्न खातामा नयाँ व्याजदर सार्वजनिक गरेको हो । बैंकले संसोधन गरी सार्वजनिक गरेकाे नयाँ व्याजदर अनुसार बैंकको मुद्दति निक्षेपको ब्याज व्यक्तिगततर्फ न्यूनतम ८.३६ प्रतिशतदेखि अधिकतम ९.३६ प्रतिशतसम्म तोकिएको छ ।

त्यस्तै, बचत खातामा न्यूनतम ४.३६ प्रतिशतदेखि अधिकतम ६.३६ प्रतिशतसम्म ब्याज दिनेछ । संस्थागततर्फ बैंकको मुद्दति निक्षेपको ब्याज अधिकतम ८.३६ प्रतिशतसम्म तोकिएको छ । त्यसैगरी विभिन्न कर्जा न्यूनतम ०.५ प्रतिशतदेखि अधिकतम ६ प्रतिशतसम्मको प्रिमियममा उपलब्ध गराउने बैंकले जनाएकाे छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार १३:४८