१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

केपी ओलीको नजिक बसेर विचार सुन्दा आनन्द आयोः करिष्मा मानन्धर

३ कात्तिक, काठमाडौँ । अभिनेत्री करिष्मा मानन्धरले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नजिक बसेर विचार सुन्दा निकै आनन्द महशुष गरेको बताएकी छिन । सामाजिक सञ्जाल मार्फत ओलीसँगको भेटको तस्बीर सार्वजनिक गर्दै अभिनेत्री मानन्धरले यस्तो बताएकी हुन।

उनले भनेकी छिन, ‘उहाँको नजिक बसेर विविध विषयमा उहाँको बिचारहरु सुन्दा आनन्द आयो , सबै क्षेत्रका मानिसहरूलाई उत्तिकै महत्त्वका साथ लिनुभएकोमा र चासो मानेर कुरा सुनिदिनु भएकोमा आदरणीय के।पी ओली ज्युलाई धेरै धन्यवाद ।’

नेकपा एमालेमा प्रवेश गर्ने हल्लाकै बीच अभिनेत्री करिष्मा मानन्धर अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा पुगेकी हुन । नेकपा एमालेकी नेतृ एवं गायिका कोमल वली र कालकार जितु नेपालसहित मानन्धर ओली निवास बालकोट पुगेकी हुन ।

 

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार २२:०४