१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

भारतका लागि नेपाली राजदूत आचार्य स्वदेश फिर्ता, यस्तो छ प्रतिक्रिया

३ कात्तिक, काठमाडौँ । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य आफ्नो कार्यकाल पूरा गरी बुधबार स्वदेश फर्किएका छन । २०७५ माघामा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले राजदूतमा नियुक्त गरेका आचार्य असोज पहिलो साता शेरबहादुर देउवा नेतृत्वको सरकारले फिर्ता बोलाएपछि सम्पूर्ण औपचारिकता पूरा गरेर बुधबार स्वदेश फर्किएका हुन ।

उनले नेपाल पुगेको जानकारी दिँदै सामाजिक सञ्जाल मार्फत भनेका छन, ‘काठमाडौं आइपुगेँ। एउटा यात्रा पूरा भयो। स्वदेशको आफ्नोपन र न्यानोपन अनुभूत भयो। मान्यजनहरूलाई नमन, मित्रहरूलाई अभिवादन । अनुजहृरूलाई स्नेह। जीवनमा एकपछि अर्को संक्रमण आइरहन्छन्। हिजोलाई आभार। आजलाई स्वागत। आजको समय सबभन्दा महत्वपूर्ण हुन्छ, हिजो र भोलिलाई जोडेको हुन्छ। शुभ होस्।’

गत असोज ५ मा शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको निर्णय उल्ट्याउनेक्रममा आचार्य लगायतलाइ फिर्ता बोलाएको थियो । सरकारको उक्त निर्णयसँगै १० जना राजदूत घर फर्किनुपर्नेछ । घर फर्किनेमा आचार्य पहिलो बनेका छन ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार २१:३२