१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

प्रदेश १ मा बाढीपहिरोको कहरः ३८ जनाको मृत्यु, १६ बेपत्ता

३ कात्तिक, विराटनगर । तीन दिनदेखिको लगातारको वर्षापछि आएको बाढीपहिरोले प्रदेश १ मा ३८ जनाको ज्यान लिएको छ । तीन दिनयता परेको अविरल वर्षापछि आएको बाढीपहिरोमा परेर ३८ जनाको मृत्यु, १६ जना बेपत्ता र १६ जना नै घाइते भएको १ नम्बर प्रदेश प्रहरी कार्यालयले विराटनगरले जानकारी दिएको छ ।

कार्यालयका अनुसार सबैभन्दा धेरै इलाममा १३ जनाको मृत्यु भएको छ । पाँचथरमा ११ जना, धनकुटामा सातजना र सुनसरीमा चारजनाको मृत्यु भएको छ ।

फाइल फाेटाे

उदयपुर, मोरङ र भोजपुरमा एक एकजनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बेपत्ता भएकोहरूको खोजीकार्य भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय जानकारी दिएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार १७:१६