१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

बैतडीमा तीन दिनदेखि अवरुद्ध फोन सेवा आंशिक रुपमा चल्यो, पूर्ण खुल्न एक साता लाग्ने

३ कात्तिक, बैतडी  । बैतडीमा तीन दिनदेखि अवरुद्ध नेपाल टेलिकमको फोन सेवा बुधबारदेखि आंशिक रुपमा खुलेको छ । सोमबार राती कैलालीको खानीडाँडामा गएको पहिरोले विद्युत्को पोल ढलेसँगै फोन, इन्टरनेट र विद्युत सेवा पुर्ण रुपले अवरुद्ध थियो ।

टेलिकमको फाइबर काटिएसँगै अवरुद्ध बनेको फोन सेवा अहिले रेडियो लिंक प्रणालीबाट अस्थाई रुपले चलाएको नेपाल टेलिकम बैतडी शाखाका प्रमुख बिक्रमराम टमाटाले बताए ।

थ्रि फेज विद्युत् लाइनको पोलमा रुख ढलेपछि टेलिकमका सबै सेवा अवरुद्ध भएको उनले बताए । आफु कैलालीको खानीडाँडास्थित पहिरो गएकै ठाउँमा पुगेर फर्किएको टमाटाले बताए । फोनको वैकल्पिक व्यवस्था गरिएपछि पूर्ण रुपमा चल्न एक साता लाग्न सक्ने उनले बताए ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार १५:३१