३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

बचतको व्याजदर घटाउन बैंकहरु सहमत, ब्याजदर ८ प्रतिशतमा सीमित राखिने

१८ फागुन, काठमाडौँ । बचत खाताको ब्याजदर घटाउन बैंकहरु सहमत भएका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृतहरु नेपाल बैंकर्स संघको शुक्रबार राजधानीमा बसेको बैठकमा ब्याजदर घटाउन सहमत भएका हुन् ।

बैंक बचतको ब्याजदर ८ प्रतिशतभन्दामाथि नदिने सहमति भएको संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले जानकारी दिए ।

प्रकाशित मिति : १८ फाल्गुन २०७४, शुक्रबार २२:५३