१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

हुम्लामा पहिरोले पुरिएर एकै परिवारका ६ जनाको मृत्यु

३ कात्तिक, काठमाडाैँ । हुम्लामा माटोको ढिस्को खसेर घर भत्किँदा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । खार्पुनाथ गाउँपालिका–५ को खर्पेल गाउँमा लगातारको वर्षासँगै माटोको ढिस्को खसेर घर भत्किँदा एकै परिवारका ६ जनाको मृत्यु भएको हो ।

मंगलबार राति ८ बजेतिर घरमाथिबाट माटोको ढिस्को खस्दा धनवीर शाहीसहित उनको परिवारका ६ जनाको मृत्यु भएको गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले जानकारी दिनुभयो । धनवीरसहित उहाँका एक भाइ, श्रीमती र तीन छोराको मृत्यु भएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार ०८:५६