नेपाल बैंकको डिजिटल बैकिङ्ग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
३ कात्तिक, काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले रामेछाप जिल्लामा डिजिटल बैकिङ्ग वित्तीय साक्षरता कार्यक्रम गरेको छ । रामेछापको लिखुतामाकोसी गाँउपालिका वडा नम्बर ६ मा वडा कार्यालयको आयोजनामा नेपाल बैंकले डिजिटल बैकिङ्ग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको बैंककी नायव प्रमुख कार्यकारी अधिकृत समता पन्तले विज्ञप्ति मार्फत जानकारी दिएकी छिन ।
कार्यक्रममा प्रमुख अतिथि बाग्मती प्रदेशका बन, बाताबरण तथा उद्योग मन्त्री शान्ती प्रसाद पौडेलले आर्थिक विकासको लागि सरकार र बैकिङ्ग क्षेत्रको सहकार्यको अनिवार्य आवश्यकता रहेको र यसको लागि सरकार सधैं तयार रहेको बताए ।

कार्यक्रमका विशेष अतिथि नेपाल बैकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले ग्राहकले बैंकप्रति देखाएको अपार विश्वासप्रति कृतज्ञता प्रकट गर्दै नेपालको पहिलो बैंकको रुपमा रहेको नेपाल बैंकले ग्राहकको चाहना अनुसार प्रतिस्पर्धी मुल्यमा गुणस्तरिय बैकिङ्ग सेवा उपलब्ध गराइरहेको जानकारी दिए । उनले बैंकबाट अधिकतम लाभ लिन सम्पूर्णमा आग्रह गरे ।
बैकिङ्ग ज्ञान अभिबृदि गर्न, बचत प्रोत्साहन गर्न, पूँजी निर्माण गरि उद्यमशिलता बृद्धि गर्ने साथै पछिल्लो समयमा कोभिड–१९ को महामारीको समयमा डिजिटल बैकिङ्ग प्रति ग्राहक महानुभावहरुले देखाएको आर्कषणको साथै डिजिटल बैकिङ्गका फाईदा तथा चुनौतीहरुको बारेमा कार्यक्रमका प्रशिक्षकहरुले प्रकाश पारेका थिए ।

साक्षरता कार्यक्रममा लिखुतामाकोसी गाँउपालिका वडा नं. ६ लगायत यस आसपास क्षेत्रका करिव ३०० जना स्थानिय बासिन्दाहरु, व्यापारीहरु, व्यवसायीहरु, उद्योगीहरु, बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : 07:54









