१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

सुनसरीमा बाढीमा फसेका छ परिवारलाई सुरक्षित स्थानमा सारियो

२ कात्तिक, सुनसरी । सुनसरीको तरहरास्थित पानीपियामा बाढीमा फसेका छ घर परिवारलाई सुरक्षाकर्मीले उद्धार गरेको छ ।नेपाल प्रहरी र नेपाली सेनाले ती घर परिवारका १५ जनालाई उद्धार गरेको हो । उनीहरूलाई घण्टौँ लगाएर उद्धार गरिएको इलाका प्रहरी कार्यालय तरहराका प्रहरी नायव निरीक्षक मनोज अधिकारीले जानकारी दिए ।

यस्तै, निरन्तरको वर्षाले सुनसरीको इटहरी उपमहानगरका अधिकांश क्षेत्र डुबानमा परेका छन् । इटहरीका बुढी खोला, टेङ्ग्रा खोला र खेती खोला मानव बस्तीमा पसेसँगै डुबान बनेको हो । इटहरी चोक, तरहरा, बरगाछीलगायतका स्थानमा डुबान भएको छ ।

डुबानका कारण कतिपय बस्तीमा मानिसहरू फसेका छन् । उनीहरूको उद्धार गर्ने काम भइरहेको छ । वर्षाकै कारण इटहरीदेखि धरान जाने मुख्य सडक खण्डसमेत अवरुद्ध भएको छ । त्यस्तै, इटहरीदेखि विराटनगर जोड्ने सडकमा समेत आवतजावत बन्द भएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलवार १९:५०