१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

छानविन समिति गठन भएसँगै रुबी खानले तोडिन अनसन

२ कात्तिक, काठमाडौँ । महिला अधिकारकर्मी रुबी खानले आमरण अनसन तोडेकी छन् । रूबी खानका माग सम्बोधन गर्न गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा ६ सदस्यीय समिति बनाउने सहमतिसँगै रुबीले अनसन तोडेकी हुन् । बाँकेका नन्कुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि खान १२ दिनदेखि आमरण अनसन बसेकी थिइन् ।

 

नन्कुन्नी धोबी र निर्मला कुर्मीको परिवारकै मिलेमतोमा हत्या गरिएको भएपनि स्थानीय प्रहरी प्रशासनले मुद्दा दर्ता गर्न आलटाल गरेको र दोषीलाई पक्राउ नगरेको भन्दै पीडित परिवारले दोषीलाई कारबाहीको माग गरी असोज १ गतेदेखि नेपालगञ्जबाट पैदल यात्रा गरेको थियो ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलवार १५:४३