३ पुष २०८२, बिहीबार | Thu Dec 18 2025

नबिल बैंकको महाप्रबन्धकमा मनाेज ज्ञवाली

२ कात्तिक, काठमाडौँ । नबिल बैंकका डेपुटी जनरल म्यानेजर मनोजकुमार ज्ञवालीको महाप्रबन्धकमा बढुवा भएको छ । बैंकको सञ्चालक समितिको सोमबार बसेको बैठकले उनलाई महाप्रबन्धकमा बढुवा गरेको हो।

ज्ञवालीले नायब महाप्रबन्धक पदमा हुँदा बैंकिङलाई भ्यालु एडिसनमा लैजान मद्दत गरेको भन्दै सञ्चालक समितिले महाप्रबन्धकमा बढुवा गरेको बैंकले जनाएको छ । नबिल बैंकमा महाप्रबन्धकले डेपुटी प्रमुख कार्यकारीको हैसियतमा काम गर्न पाउने व्यवस्था छ ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलवार १३:२९