१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

साधना लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

२ कात्तिक, काठमाडौँ । साधना लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज मंगलबार अन्तिम दिन हाे । लघुवित्तले साधारणसभा प्रयोजनार्थ ३ देखि १३ कात्तिकसम्म बुक क्लोज गर्ने भएको छ ।

मंगलबारसम्म नेप्सेमा कायम सेयरधनीले मात्रै लघुवित्तको १३ कात्तिकमा आयोजना हुने सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । संस्थाले गत आर्थिक वर्षको वार्षिक साधारणसभा गर्न लागेको हो । साधारण सभा होटल गोरखा बिसौनी, गोरखा नगरपालिका–६ मा बिहान ११ बजे सुरु हुनेछ ।

सभामा गत आर्थिक वर्षको नाफाबाट २५ प्रतिशत बोनस सेयर र एक दशमलव ३२ प्रतिशत नगद गरी कुल २६ दशमलव ३२ प्रतिश लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा-नोक्सान तथा नगद प्रवाह वितरण प्रस्ताव पनि पेश हुनेछ ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलवार १२:५९