१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन कार्यतालिका हेरफेर

२ कात्तिक, काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनको कार्यतालिका हेरफेर गरेको छ । मंगलबार बसेको  स्थायी कमिटीको बैठकले राष्ट्रिय सम्मेलनबाहेक अन्य तहका सम्मेलनको तालिका हेरफेर गरिएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

प्रवक्ता महराका अनुसार पार्टी सदस्यता नवीकरणको म्याद कात्तिक २५ गतेसम्म थपिएको छ । त्यस्तै, टोल सम्मेलन कात्तिक २७ गतेसम्म, वडा सम्मेलन मंसिर ४ गतेसम्म, पालिका सम्मेलन मंसिर ११ गतेसम्म र प्रदेश सम्मेलन मंसिर २५ गतेसम्म म्याद थपिएको छ । मंगलबार बसेको बैठकले १४९ जनाको केन्द्रीय सल्लाहकार समिति गठन गरेको छ भने जेष्ठ कम्युनिस्ट मञ्च ९९ जनाको बनाएको छ ।

त्यसैगरी, निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोग २५/२५ सदस्यीय गठन गरेको छ । विष्णुपुकार श्रेष्ठको अध्यक्षतामा निर्वाचन आयोग गठन गरेको छ । लेखा आयोग पेशल कुमार पोखरेलको अध्यक्षतामा र अनुशासन आयोग टंक राईको अध्यक्षतामा बनाइएको छ ।  माओवादीको अर्को बैठक कात्तिक ४ गते बस्नेछ ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलवार ११:५२